झापा गाउँपालिकाको आधार:

गुणस्तरिय शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार

header AD
संक्षिप्त विवरण

झापा गाउँपालिकाको परिचय

झापा गाउँपालिका नेपालको सुदुर पूर्वी जिल्ला झापाको मध्यदक्षिण क्षेत्रको पूर्वमा विरिङ्ग खोला र पश्चिममा कन्काइ माइ खोलाको बिचमा अवस्थित क्षेत्र हो । यो क्षेत्र पूर्वपश्चिम राजमार्गको (कनकाई) सुरुंगाबाट करिव ८ किलोमिटर दक्षिणबाट करिव २२ किलोमिटर दक्षिणसम्म फैलिएको छ । यस क्षेत्रको क्षेत्रफल जम्मा ९४.१२ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको पूर्वमा बाह्रदशी गाउँपालिका, पश्चिममा गौरीगञ्ज गाउँपालिका र शिवसताक्षी नगरपालिका, उत्तरमा कनकाई नगरपालिका र दक्षिणमा विहार (भारत) रहेका छन् ।

झापा गाउँपालिका क्षेत्र एक ऐतिहासिक क्षेत्र हो । पृथ्वीनारायण शाहको शासनकालसम्म पूर्व मोरङमा सेन वंशको शासन रहेको हो । गोर्खाली सेनाले आक्रमण गरी मोरङलाई कब्जा गरेपछि यो क्षेत्र वृहत नेपालको भूभाग हुन पुग्यो । नेपाल अंग्रेज युद्धका क्रममा झापाबजार सहितको क्षेत्र अंग्रेजले कब्जामा लिएको थियो । वि.स. १८७२ मा नेपाल र इष्ट इन्डिया कम्पनीबीचको भएको सुगौली सन्धीपछि यो क्षेत्र पुनः नेपालको अधिकार क्षेत्रभित्र आयो । वि.स. २०१८ पूर्व मोरङ जिल्लाको पूर्वी प्रगाना (क्षेत्र) का रुपमा रहेको यस क्षेत्रको प्रशासन धेरै पहिले मोरङ जिल्लाको रंगेली क्षेत्रबाट सञ्चालन हुने गरेको थियो । वि.स. १९७० ताका रंगेलीबाट प्रशासनीक अड्डाहरु गोग्राहा (विराटनगर) सार्ने क्रममा पूर्वीक्षेत्रको प्रशासनीक कार्यालय यसै झापा गाउँपालिकाको झापाबजार क्षेत्रमा सरेको विश्वास गरिन्छ । त्यस समयपश्चात वि.स. २००७ सालको प्रजातान्त्रीक आन्दोलनसम्म यसै क्षेत्रबाट समग्र जिल्लाको प्रशासन सञ्चालन हुने गरेको थियो ।

झापा गाउँपालिकाको नामाकरणका सन्दर्भमा धेरै पहिले यस क्षेत्र रुखविरुवा र जंगलले ढाकिएको थियो । तत्कालिन समयमा यस क्षेत्रमा बसोबास गर्ने आदिवासी समुदायले कुनै कुरालाई ढाक्नु वा छोप्नुलाई झाप भन्दथे । जंगलले ढाकिएको क्षेत्रलाई झाप भन्दै सोही झाप समयकालसँगै परिवर्तन भइ झापा रहन गएको हो । वि.स. २०१८ मा झापा जिल्लाले औपचारिक मान्यता प्राप्त गर्दा यसै क्षेत्रको ऐतिहासिक पहिचानलाई आधारमानी समग्र जिल्लाको नाम झापा रहेको हो । वि.स. २०७२ को नेपालको संविधानका आधारमा राज्यका पुनःसंरचना हुँदा साविकका कुमरखोद, टाघनडुब्बा र शरणामती गाउँ विकास समितिहरुलाई मिलाएर सबैको सहमतीको आधारमा यस क्षेत्रको ऐतिहासिक पहिचान कायम रहने गरी यस स्थानीय तहको नाम झापा गाउँपालिका रहन गएको हो ।

आधारभूत जानकारी
Koshi
Jhapa
गाउँपालिका
94.12 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 39302
Male 18954
Female 20348
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at 2073-11-27
Website http://www.jhapamun.gov.np

Coordinates: 26.502336° N, 87.873565° E